सुन्दरहरैचा उवा संघ: महासचिवमा नारायण कार्कीको दाबी

सुन्दरहरैचा । उद्योग वाणिज्य संघ सुन्दरहरैचाको आसन्न चुनावका लागि कृष्ण रिजालको समूह दुर्त गतिमा व्यापारीहरु सग आफ्नो मत माग्दै हिडिरहेका छन ।

अन्य बेला विभिन्न राजनितिक दलको समेत प्रभाव पर्ने संघमा यो बेला मिश्रित तरिकाबाट संघको निर्वाचनको लागि समुह खडा भएको छ । तर पनि विभिन्न समुहलाई भने विभिन्न राजनितिक दलले समर्थन गर्ने भएको छ ।

कृष्ण रिजालको समुहलाई नेपाली काङ्ग्रेसले समर्थन गरेको छ भने टीका कट्टेलको समुहलाई नेकपाले समर्थन गर्ने भएको छ ।

अध्यक्ष पदका उम्मेदवारी रिजालको समुहबाट महासचिव पदका उम्मेदवार नारायण कार्की यति खेर नगरका हरेक व्यापारीहरु सगको प्रत्यक्ष भेटघाटमा छन ।

चुनावी प्रचारप्रसारका लागि उनी यति खेर हरेक व्यापारीहरुको घरदैलोमा व्यस्त छन । महा सचिवका उम्मेदवार कार्कीले संघ राजनितिक दलको राजनिती गर्ने थलो नभएको भन्दै सक्रिय व्यवसाय गर्ने व्यापारी नै संघको नेतृत्वमा आउनु पर्ने बताउछन ।

कार्की सुन्दरहरैचा नगरपालिकामा रहेर लामो देखि सक्रिय व्यवसायमा केन्द्रित छन । हाल संघको सचिव पदमा समेत रहेर अनुभव हाँसिल गरिसकेका उनी विभिन्न सामाजिक कार्यमा समेत सक्रिय छन ।

KFC फर्निचर उधोग सुन्दरहरैचामा सञ्चालनमा ल्याएर व्यवसायमा आबद्द रहेका उनी इन्द्रपुर जेसिज २०१२ को अध्यक्ष, दुर्गादेबी दुलाल स्पोर्ट्स ग्रामको सचीव, हातेमालो बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको सञ्चालक सदस्य जस्ता धेरै संघ सस्थाको समेत नेतृत्व लिएर उनले अनुभव हासिल गरिसकेका छन ।

आफू लामो समय व्यापार र व्यापारी कै हितमा लागि परेको बताउदै उनले आफुले कृष्ण रिजालको समुहबाट महासचिव पदमा उठ्ने बताए ।