सुन्दरहरैचा उवा संघ: वरिष्ठ उपाध्यक्षमा दुर्गा श्रेष्ठको दाबी

सुन्दरहरैचा । उद्योग वाणिज्य संघ सुन्दरहरैचाको आसन्न चुनावका लागि कृष्ण रिजालको समूह नगर दौडाहामा लागेको छ ।

अध्यक्ष पदका उम्मेदवारी रिजालको समुहबाट वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार दुर्गा श्रेष्ठ यति खेर नगरका हरेक व्यापारीहरु सगको प्रत्यक्ष भेटघाटमा छन । हाल सम्म उनको प्रतिस्पर्धामा कोहि उम्मेदवारी छैन ।

चुनावी प्रचारप्रसारका लागि उनी यति खेर हरेक व्यापारीहरुको घरदैलोमा व्यस्त छन । वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठले नगरका उद्योगी व्यवसायीका समस्या समाधानमा आफू केन्द्रित हुने बताएका छन ।

श्रेष्ठ सुन्दरहरैचा नगरपालिकामा रहेर २५ वर्ष देखि सक्रिय व्यवसायमा केन्द्रित छन । हाल संघको उपाध्यक्ष पदमा समेत रहेर अनुभव हाँसिल गरिसकेका उनी विभिन्न सामाजिक कार्यमा समेत सक्रिय छन ।

जय दुर्गा इलोट्रोनिक्स सेन्टर सुन्दरहरैचामा सञ्चालनमा ल्याएर व्यवसायमा आबद्द रहेका उनी न्यु सिर्जना साकोसको अध्यक्ष, विराट कला समुहको अध्यक्ष, विराट भेट्रान क्लबको अध्यक्ष, अखिल नेपाल फुटबल संघको प्रदेश सदस्य जस्ता धेरै संघ सस्थाको समेत नेतृत्व लिएर उनले अनुभव हासिल गरिसकेका छन ।

नगरका हरेक व्यापारीहरुको घर दैलोमा पुगेका उनलाई उद्योगी व्यवसायीले नगरको आशाको केन्द्र दुर्गा श्रेष्ठ र उनको समुह रहेको भन्दै ढुक्क भएर अघि बढ्न सुझाव दिएका छन् ।