को बन्ला उधोग वाणिज्य संघ सुन्दरहरैचाको प्रथम अध्यक्ष ?

सुन्दरहरैचा । उधोग वाणिज्य संघ सुन्दरहरैचाको चुनाव आउन २० (बीस) दिन बाकी छ । संघले मंसिर १५ गतेलाई निर्वाचनको समय तालिका तोकेको छ । तर अहिले सुन्दरहरैचामा धुमधाम चुनाबी चहपहल बढेको छ ।

अहिले कृष्ण रिजाल र टीका कट्टेल अध्यक्षको लागि चुनावी मैदानमा आ-आफ्नो समुहसहित ओर्लिएका छन् । यी दुई व्यक्ती मध्ये एक जनाले भोलीको सुन्दरहरैचा उधोग वाणिज्य संघको नेतृत्व समाल्ने छन ।

यी दुई व्यक्ती नै सम्भावना बोकेका व्यक्ती भएकाले नै कस्ले जित्छ भनेर अडकल गर्न पनी अहिले सुन्दरहरैचा वासिलाई हम्मे हम्मे परेको छ । रिजाल र कट्टेल समुह एक अर्कामा बलीयो प्रतीस्पर्धीको रुपमा देखिएका छन । उद्योग वाणिज्य संघ सुन्दरहरैचाको चुनाव नजिकिँदै गर्दा व्यवशायीहरुले तयारी तीव्र बनाएका छन् ।

को हुन यी दुई व्यक्ती ?

कृष्ण रिजाल

सुन्दरहरैचामा सक्रिय रहेर निरन्तर व्यवसाय गरिरहेका अध्यक्षका दावेदार हुन कृष्ण रिजाल । लामो व्यवसायिक अनुभवलाई व्यवसायीको हितमा प्रयोग गर्ने आठोटका साथ उनले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिने भएका छन । विशुद्द व्य्वसायीक मतले चुनाव जित्नु पर्छ भन्दै आफ्नो उम्मेदारी दिएका रिजाल व्यवसाय सँगै सामाजिक कार्यमापनी उतिकै अग्र पङ्तिमा रहेका व्यक्ती हुन । सामाजिक काममा भौतीक मात्र नभएर आर्थीक रुपमा करोडौ सहयोग गरी सकेका उनले आफ्नो व्यवसायको आम्दानिबाट केही प्रतीशत रकम सामाजिक कार्यमै लगानी गर्ने गर्दछन । उनको यही भूमिकाले पनि अहिले सुन्दरहरैचा बासी रिजालले नै जित्ने बताउने गरेका छन । त्यसो त हरेक विभिन्न चुनावी खेलमा पैसा बगाउने चुनावी पारीपाटी छदै छ तर उनी यो पल्ट् पैसा बगाउने खेलमा छैनन बरु उनले त्यो पैसा व्यापारिकै हितमा प्रयोग गर्ने बताउछन । रिजाल संघको वरिष्ठ उपाध्यक्ष पदमा रहेर अनुभव हासिल गरिसकेका छन ।

टीका कट्टेल

अध्यक्ष पदका लागि दावेदार कट्टेल समाजिक  व्यातित्व हुन । उनी क्षणिक चर्चामा आउँने भन्दा पनि आफ्नै शैलिले काम गरेर समाजमा छवि कमाउँदै परिचित भएका छन् ।

कट्टेल  स्थानीय सुकुना सहकारीको अध्यक्षका रुपमा लामो समय देखि नाम कमाएका तथा अग्रज व्यतित्वका रुपमा समाजको सुख दुःख बुझेका नागरिक हुन् । कट्टेल पूर्व शिक्षक समेत हुन् । कट्टेल वि स २०५४ साल देखि निरन्तर उद्योग वाणिज्य संङघको सदस्य पदमा समेत रहेर अनुभव हाँसिल गरिसकेका छन् ।

तत्कालीन कोशीहरैचा नगरपालिका हुदा उधोग वाणिज्य संघ अध्यक्षमा नेकपाबाट नवराज चापागाई थिए । तर साविक सुन्दरदुलारी र साविक कोशीहरैचा मर्च भएर सुन्दरहरैचा नगरपालिका भएको ५ वर्ष भन्दा बढी भईसक्दा पनि मर्च गराउन नसकेको आरोप हालका अध्यक्ष चापागाईलाई लागेको छ ।

बरु उनले उल्टै नगरमा दुई वटा उधोग वाणिज्य संघ हुदा हुँदै मर्च नगराई नाम नै परिवर्तन गरि कोशीहरैचा बाट सुन्दरहरैचा उधोग वाणिज्य संघ बनाए ।