सुन्दरहरैचामा थप एक महिलाको कोरोनाबाट मृत्यु

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा थप एक महिलाको कोरोनाबाट मृत्यु भएको छ । वडा नं ८ कि ७५ वर्षिय एक महिलाको मंगलबार मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएको २४ घण्टा पनि बित्न नपाउँदै उनको मंगलबार बिहान ७ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी वृद्धाको आफ्नै घरमा ज्यान गएको हो ।