दुहवी नगरपालिकाबाट ९ जना जुवाडे पक्राउ

दुहवी । सुनसरीको दुहवी नगरपालिकाबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले दुहवी ३ बाट तास खेलिरहेका ९ जनालाई पक्राउ गरेको हो ।

तास खेलिरहेको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट ३ बुङ तास र नगद ७७,७१०।- (सतहतर हजार सात सय दश) सहित ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दुहवी ३ का ३४ बर्षीय अनिश सिंह, ४२ बर्षीय संसद मिया, ४६ बर्षीय मंगल शाह, ३६ बर्षीय टेक बहादुर गिरी, ३८ बर्षीय आलम अन्सारी, ३४ बर्षीय दिपक अकेला, ५२ बर्षीय मो.मोक्तार, ४५ बर्षीय हजरत मिया र ४४ बर्षीय सन्तोष बराल रहेका छन् ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।




Leave a Reply

Your email address will not be published.