सुन्दरहरैचामा प्यारेलाई ठक्कर दिएर कार चालक फरार

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा कारको ठक्करबाट एक जना घाइते भएका छन । वडा नं ९ स्थित पुर्वपश्चिम लोकमार्गमा बाटो क्रस गर्दै गरेको वर्ष १३ को मो. प्यारेलाई पश्चिमबाट पुर्व तर्फ आउदै गरेको कारले ठक्कर दिएको हो ।

कारको ठक्करबाट प्यारे घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएका प्यारे पर्षा उपमहानगरपालिका वडा नं २ को रहेको प्रहरीले जनाएको छ । प्यारेलाई बाटो क्रस गर्दा नम्बर प्लेट समेत तत्काल नखुलेको सेतो कलरको कारले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिएर कार सहित कार चालक फरार भएको प्रहरीको भनाई छ ।

घाइते प्यारेको विराटचौक स्थित सुकुना सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।