बेलबारी जेसिजको आयोजनामा १ हप्ते हस्पिटालिटि तथा होटल मेनेजमेन्ट तालिम उद्घाटन

बेलबारी । बेलबारी जेसिजले १ हप्ते हस्पिटालिटि तथा होटल मेनेजमेन्ट तालिमको आयोजना गरेको छ । तालिमको आइतबार उद्घाटन गरिएको छ ।

सुन्दरहरैचा १० मा अवस्थित गोल्डेन क्राउन स्कुल अफ होटल मेनेजमेन्टको सभाहलमा उद्घाटन भएको तालिममा बेलबारी ८ को सहयोग रहेको छ । समिर थापाले सहजिकरण गर्ने तालिममा बेलबारी ८ का १५ टोल बिकास संस्थाबाट १५ जनाले सहभागिता जनाएका छन ।
बेलबारी १ वडाध्यक्ष चक्र खुलालको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको कार्यक्रमको सभापति बेलबारी जेसिज २०२० अध्यक्ष राजेश खत्री रहेका थिए ।