केराबारीका ५७ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु

केराबारी । मोरङ केराबारीका एक व्यक्तीको आज कोरोनाको कारण मृत्यु भएको छ । केराबारी ८ का ५७ वर्षिय पुरुषको मंगलबार बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको धरानस्थित बिपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उनी कात्तिक ११ गते अस्पतालमा भर्ना भएका थिए। अस्पतालका अनुसार उनको कात्तिक २१ गते कोरोना पुष्टि भएको थियो ।