सुन्दरहरैचा । दुवै मृगौला काम नलाग्ने भएका मोरङ सुन्दरहरैचा नगरपालिका -२ उफ्रौलियाका सागर कोइरालालाई बचाउन उनको परिवारले सहयोगको याचना गरेका छन् । कोइरालाको मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक क्षमता नभएपछि सहयोगको याचना गर्नुपरेको पीडितका बुवा खगेन्द्र प्रसाद कोइरालाले बताए ।
२४ बर्षिय कोइरालाको करिब ६ महिनादेखि विरटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले उनको दुवै मृगौला फेल भएको जनाएको छ । नाता, ईष्टमित्र तथा आफन्तकै भरमा अस्पताल पु¥याएर औषधी उपचार गरिरहेको बुवा खगेन्द्रले बताए । उनले अस्पतालले मृगौला प्रत्यारोपणका लागि धेरै रकम लाग्ने बताएपछि आफुसँग रकम जम्मा गर्ने क्षमता नभएकाले हारगुहार माग्नुको बिकल्प नभएको गुनासो गरे ।
सुन्दरहरैचा २ मा खेतीपाती गरेर पारिवारिक खर्च धान्दै आएका उनका बाबुले आफू सग छोराको उपचार गर्न रकम नभएपछी हारगुहार गर्नु परेको बताएका छन ।
सागर बचाउन उनका दाइ पारस कोइरालाको नाममा नबिल बैकमा खोलिएको खातानम्बर ०८८१००१७५००२३५ मा रकम जम्मा गरेर सहयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।