बेनीमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु दश घाइते

म्याग्दी । म्याग्दीको सरमुकाम बेनी आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी अन्दाजी १० वर्षीया रिया विकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी किरण कुँवरले दिएको विवरणअनुसार दुर्घटनामा परी घाइते हुनेहरुमा रघुगंगा गाउँपालिका–६ ठाडाखानीका वर्ष ३० का वसन्त छन्त्याल, सोही ठाउँका जिप चालक नन्द छन्त्याल, वर्ष ५० का कौसभा पाइजा, वर्ष ४० कि ठगकुमारी शेर्रपुजा, वर्ष २४ कि सिर्जना शेर्रपुजा, वर्ष २३ का दीवा शेर्रपुजा, वर्ष ७ कि इच्छा शेर्रपुजा, वर्ष ८ कि दिक्षा शेर्रपुजा र बेनी नगरपालिका ८ बस्ने वर्ष ४२ का दलप्रसाद गौचन रहेका छन् ।

घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइतेलाई पोखरा रिफर गर्ने तयारी भएको पनि प्रहरीले जनाएको छ ।

बेनी–गलेश्वर सडकखण्डमा पर्ने बेनी नगरपालिका–८ जलेश्वरमा रघुगंगा गाउँपालिका–६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको जिप शुक्रबार दिउँसो १२ बजेतिर दुर्घटनामा परेको हो । जिप सडकबाट कालीगण्डकी नदी किनारमा खसेको थियो ।