सुन्दरहरैचामा १ जना सहित प्रदेश १ मा १३४ जनामा कोरोना

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा १ जना सहित प्रदेश १ मा १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयको अनुसार मोरङमा ४२ जना , झापामा ३१ जना, सुनसरीमा ५७ जना, तेह्रथुममा १ जना र अन्य जिल्लाबाट आएका ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिकामा ३२ जना, कानेपोखरी गाउपालिकामा १ जना, सुन्दरहरैचा नगरपालिकामा १ जना, बेलबारी नगरपालिकामा १ जना , मोरङ ठेगाना भएको तर स्थानिय तह नखुलेको स्थानमा ५ जना, बुढिगंगा गाउपालिकामा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यस्तै झापाको कमल गाउपालिकामा १ जना, भद्रपुर नगरपालिकामा ८ जना , झापा ठेगाना भएको तर स्थानिय तह नखुलेको ३ जना, विर्तामिड नगरपालिकामा ८ जना, मेचिनगर नगरपालिकामा ३ जना, कन्काई नगरपालिकामा ३ जना, शिवसताक्षी नगरपालिकामा २ जना, वुद्दशान्ती गाउपालिकामा १ जना, अर्जुनधारा नगरपालिकामा १ जना र झापा ठेगाना भएकोमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिकामा ७ जना, धरान उपमहानगरपालिकामा ४७ जना, रामधुनी नगरपालिकामा १ जना, सुनसरी ठेगाना भएकोमा १ जना गढी गाउपालिकामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यस्तै तेह्रथुम ठेगाना भएको मा १ जना र प्रफेश बाहिरका तर प्रदेश १ का विभिन्न ल्याबमा परिक्षण गरिएका ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।