हतियार लुकाई राखेको आरोपमा एक जना पक्राउ

इटहरी । सुनसरी भोक्राहा नरसिंह गाँउपालिका-७ स्थितबाट हतियार लुकाई राखेको आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थान बस्ने २३ बर्षीय टुमा सिंह यादब रहेका छन ।

यादबले आफ्नो घरमा हतियार लुकाई राख्ने र  स्थानीय मानिसहरुलाई ज्यान मार्ने धाकधम्की समेत दिने गरेको विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनलाइ हिजो विहान १० बजे नियन्त्रणमा लिएको थियो ।

यादबलाई नियन्त्रणमा लिए संगै उनको घर कम्पाउण्डमा खानतलासी गर्ने क्रममा शौचालयको सेफ्टी ट्याङकीको छेउमा कालो प्लाष्टिकको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा 7.657  Made in India लेखिएको पेस्तोल थान-१ र २ राउण्ड गोली लोड गरीएको म्याग्जीन थान १ समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका यादब उपर हातहतियार खरखजना  मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।