मोरङमा जबरजस्ती करणी गरि फरार अभियुक्त रुपन्देहीबाट पक्राउ

विराटनगर । मोरङमा जबरजस्ती करणी गरेको आरोपमा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई रुपन्देहीको तिलोत्तममा नगरपालिकामा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार २०७६ माघ १५ गते राति ९ बजे मोरङको बूढीगंगा गाउँपालिका ७, बडहरामा एक बालिकालाई बूढीगंगा–६ का १९ वर्षीय सन्देश लिम्बूसहित पाँचजनाले सामूहिक रुपमा जबरजस्ती करणी गरेका थिए ।

मुद्दाको अनुसन्धानका क्रममा करणी घटनामा संलग्‍न रही पक्राउ परेका चार प्रतिवादीमध्येका सन्देश लिम्बू र टंके भन्‍ने कुमार राईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

तर, दुईजना नाबालाक रहेको अवस्थामा निजहरुको अभिभावकको जिम्मा लगाउन मोरङ जिल्ला अदालतबाट २०७७ वैशाख ३१ गते आदेश भएको थियो । प्रतिवादी वर्ष १६ का एक किशोर फरार रहेकामा खोजीका क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटी गएको विशेष टोलीले पक्राउ गरेको हो ।

उनलाई रुपन्देहीको तिलोत्तमा१५, दर्खसुवास्थित कृष्ण परियारको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत मोरङमा बुझाउने प्रक्रिया रहेको मोरङ प्रहरीले जनाएको छ ।