रतुवामाई । मोरङको रतुवामाई नगरपालिका वडा नं ३ का वडासदस्य जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन ।
रतुवामाई नगरपालिका वडा नं ३ का वडा सदस्य वर्ष ३९ को विनोद सिंह गनगाई सोही वडाका २५ वर्षिय एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।
गनगाईले कार्तिक ९ गते सोही वडाकी एक महिलालाई धान खेतमा जबरजस्ती करणी गरेको आरोप रहेको प्रहरीले जनाएको छ । प्रहरीले लिएको बयानका अनुसार गनगाईले राती करिब ७:३० बजे खेतमा काम छ आउनु भनी बोलाएर धान खेतमा लडाएर कराउन समेत नदिई जबरजस्ती कपडा खोली जबरजस्ती करणी गरि गनगाई फरार भएका हुन ।
गनगाईलाई प्रहरीले सोही रात करिब ११ बजे राती पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।