वलीको घरमा नगद सहित १० जुवाडे पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाकेले नेपालगञ्जमा जुवा खेली रहेका १० जनालाई पक्राउ गरेको छ । नेपालगन्ज स्थित कृष्ण प्रसाद वलीको घरमा ठूलो रकममा जुवा खेलीरहेको सुचना पाए पछि प्रहरीले जुवाको खालमा छापा मारी रु २९ लाख ४८ हजार ७०० नगद सहित १० जनालाई पक्राउ गरेकोे बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिएका छन् ।

उनका अनुसार, तास खेलिरहेका नेपालगञ्ज ४ निवासी सन्तोष थापा, नवीन घिमिरे, पब्लु भण्डारी, सन्तोष वली, कृष्णबहादुर सुवेदी, तरुण गौतम, नेपालगञ्ज ६ निवासी मेघनाथ कुचबधिया, नेपालगञ्ज १० निवासी टोपबहादुर शाही, नेपालगञ्ज ७ निवासी रविन राणा र नेपालगञ्ज १ निवासी रहमान मियालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिलाई कानूनबमोजिम कानुनी कारबाही अगाडि बढाइएको प्रहरी उपरीक्षक रानाले बताए ।