दमकमा पौडी खेल्ने क्रममा डुबेर एक पुरुषको मृत्यु

दमक । दमकमा पौडी खेल्ने क्रममा एक जना पुरुषको डुबेर मृत्यु भएको छ । दमक नगरपालिका २ मा रहेको डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर २२ वर्षिय मुकेशको मृत्यु भएको हो ।

बुधवार दिउँसो बाँधमा पौडी खेल्न गएका मोरङको मिक्लाजुङ गाँउपालिका ५ का २२ बर्षीय मुकेश मगर डुबेर बेपत्ता भएका थिए ।

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दिउँसो पौने ३ बजे सोही बाँधमा मृत अवस्थामा मगरलाई फेला पारेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।