मोरङका विभिन्न ठाउमा दुर्घटना हुदा ५ घाइते एकको मृत्यु

सुन्दरहरैचा । मोरङका विभिन्न ठाउमा दुर्घटना हुदा ५ जना घाइते भएका छन भने एक जनाको मृत्यु भएको छ ।

उर्लाबारी नगरपालिका वडा नं ४ स्थित पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्व जादै गरेको को ३५ प ३८९७ नं को मोटरसाइकलले पैदलयात्री उर्लाबारी नगरपालिका ४ बस्ने बर्ष ५७ कि दिल कुमारी बिकलाइ ठक्कर दिदा उनी गम्भीर घाइते भएकी छिन । घाइते बिकलाई उपचारको लागी अरनिको अस्पताल उर्लावारी पठाइएको छ भने मोटरसाइकल ईलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ भने मोटरसाइकल चालक ओखलढुङगा सिद्दिचरण नगरपालिका १० बस्ने बर्ष ३७ को श्रीधर मंग्रान्ति घाइतेको उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै रतुवामाई नगरपालिका ५ लारिकट्टा स्थित भित्रि पक्कि सडकखण्डमा पुर्वबाट पश्चिम तर्फ जादैगरेको को ३७ प २२३२ नं को मोटरसाइकलमा पछाडी सवार जिल्ला झापा गौरीगञ्ज नपा ५ बस्ने बर्ष ६५ की पुर्णसरी ताजपुरिया मोटरसाइकलबाट अचानक लडी घाईते भएकी छिन । घाइते ताजपुरियाको उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।मोटरसाइकल चालक मोरङ रतुवामाई नगरपलिका ५ बस्ने बर्ष-२४ को धर्मान्नद ताजपुरिया र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै बुढीगंगा गाउपालिका १ टंकि चौक स्थित कोशी लोकमार्गमा बिराटनगरबाट ईटहरी आउदै गरेको तत्काल नं. नखुलेको सेतो कलरको बलेरो गाडीले सोही दिशा आउदै गरेको प्र १-०२-०४० प ५०२४ नं. स्कुटरलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिदा स्कुटर चालक जिल्ला सुनसरी ईटहरी ४ बस्ने बर्ष ३४ को सिता निरौला सामन्य घाइते भएको प्रहरीले जनाएको छ । उनको स्थानिय मेडिकलमा उपचार पश्चात गन्तव्य तर्फ पठाइएको छ भने ठक्कर दिने गाडी फरार भएको प्रहरीले जनाएको छ ।

त्यस्तै रंगेली नगरपालिका ८ दर्बेसा चौक स्थित भित्री सडकखण्डमा उतरबाट दक्षिण जादै गरेको को ३ प २१४३ नं को मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुदा मोटरसाइकल चालक बिराटनगर ८ बस्ने बर्ष ४० को लेखनाथ निरौला सामन्य घाइते सोही मोटरसाइकल पछाडी सवार निजकै श्रीमति बर्ष ३५ कि गंगा निरौला सामन्य घाइते र निजकै छोरी बर्ष ८ कि समिता निरौला सामन्य घाइते भई सबैलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएको प्रहरीले जनाएको छ ।