बाथरुममा लडेर कोरोना संक्रमित व्यक्तीको मृत्यु

धरान । धरानमा एक जना कोरोना संक्रमितको बाथरुममा लडेर मृत्यु भएको छ । धरान स्वास्थ्य महाशाखाका अनुसार आफ्नै घरमा होम आइसोलेसनमा बसेका ४८ वर्षीय एक पुरुषको बुधबार दिउँसो लडेर मृत्यु भएको हो ।

बाथरुमबाट फर्कने क्रममा लडेपछि स्वास्थ्यकर्मीलाई घरैमा बोलाएर अस्पताल लैजाने तयारी हुँदाहुँदै उनका मृत्यु भएको हो ।

बुधबार बिहान आएको पीसीआर रिपोर्टमा उनमा कोरोना पोजिटिभ देखिएको थियो ।