फ्रान्समा पुन: दोस्रो पटक लकडाउनको घोषणा

फ्रान्स । फ्रान्समा पुन दोस्रो पटक लकडाउनको घोषणा गरिएको छ । शुक्रबारबाट शुरु हुने नयाँ लकडाउनमा मानिसहरु अत्यावश्यक काम र स्वास्थ्य सम्बन्धि कामका लागि मात्र घर छाडेर निस्कन पाउनेछन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले नोभेम्बरको अन्त्यसम्मका लागि दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरेका हुन ।

लकडाउनका दौरान रेस्टुरेन्ट र बार बन्द रहनेछन् भने स्कूल र फ्याक्ट्री भने खुला रहनेछन् । फ्रान्समा कोभिड–१९ का कारण दैनिक हुने मृत्युको संख्या गत अप्रिल यता कै उच्च रहेको छ । मंगलबार मात्र देशमा थप ३३ हजार जनामा संक्रमण पुष्टि भएको थियो ।