सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकितामा कोरोना

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आफुलाई कोरोना पुष्टि भएको उनले आँफैले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन ।

गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै रवीले आफ्नो पेशाका कारण र आफ्नै केही लापर्वाहीले कोरोना भाईरसको संक्रमण आफुमा भएको हुन सक्ने बताएका छन ।