बितेको २४ घण्टामा सुन्दरहरैचामा थप १२ जनामा कोरोना

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा बुधबार थप १२ जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं १ का अनुसार बुधबार सुन्दरहरैचामा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बुधबार कोरोना संक्रमण पुष्टि हुनेमा ५ महिला र ७ पुरुष रहेका छन । देश भर २४ घण्टामा कोरोना संक्रमितको संख्या १९५४ जना पुगेको छ ।