हास्यकलाकार मनोज गजुरेललाई कोरोना

काठमाडौ । हास्य कलाकार मनोज गजुरेललाई कोरोना पुष्टि भएको छ । आइतबार गरिएको पीसीआर परिक्षणमा उनमा कोरोना पुष्टि भएको हो । उनले आफुलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका हुन ।

कोरोना पुष्टिपछि सेल्फ आइसोलेसनमा रहेको उनले बताएका छन् । आफुलाई कोरोना भए पनि आफ्नो स्वास्थ्यमा गार्हो हुनेखालका सिमटम्स नरहेको उनले बताएका छन ।