लेटाङमा मोटरसाइकलको ठक्करबाट ७ वर्षिय बालक घाइते

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक जना बालक घाइते भएका छन । लेटाङ नगरपालिका वडा नं ५ स्थित खेरुवा भित्री सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको को १९ प १९१६ नम्बरको मोटरसाइकलले सोही वडामा बस्ने डिल्लिराम ढकालको ७ वर्षिय छोरा समीप ढकाललाई ठक्कर दिएको हो ।

बाटोमा खेल्दै गरेको बालक ढकाल मोटरसाइकलको ठक्करबाट घाइते भएको प्रहरीले जनाएको छ । घाइते उक्त बालकको लेटाङ्ग शुभकामना अस्पतालमा उपचार भई रहेको र टाउको र हातमा चोट लागेको प्रहरी जनाएको छ ।

त्यस्तै मोटरसाइकल चालक लेटाङ नगरपालिका वडा नं ५ बस्ने वर्ष २२ को सुबास घिमिरे प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।