सुन्दरहरैचा-७ स्थित पचहतर बिघेमा धानको कुन्युमा आगलागी

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ७ स्थित पचहतर बिघेमा मंगलबार राती आगलागी भएको छ । सुन्दरहरैचा नगरपालिका वडा नं ७ मा रहेको भुवन अधिकारीको धानको कुन्युमा आगलागी भएको हो ।

मंगलबार राती करिब ७ बजे १५ कट्ठा जमिनमा लगाएकाे धानकाे कुन्युमा आगलागी हुँदा करिब ५० हजार मुल्य बराबरको धान डडेर नस्ट भएको छ । आगलागीलाई सुन्दरहरैंचा नगरपालिकाकाे दमकले नियन्त्रणमा लिएकाे थियाे । आफ्नो धानको कुन्युमा कसले र किन आगो लगाएको हो भन्ने बारेमा आफुलाई जानकारी नभएको पिडित अधिकारीले बताए ।