सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकाबाट आइतबार राती मध्याह्न १२ बजे होटल सञ्चालक सहित बाह्र जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सुचनाको आधारमा सुन्दरहरैचा नगरपालिका वडा नं ४ स्थित श्रेष्ठ होटलमा जुवा खेलाईरहेको अवस्थामा प्रहरीले होटल सञ्चालक सहित बाह्र जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालाय बेलबारी र प्रहरी चौकी गछियाको सयुक्त गस्तीले आइतबार मध्याह्न १२ बजे उक्त होटलमा छापा हान्दा जुवा खेल्दै गरेको अवस्थामा उनिहरुको साथबाट नगद रु ५३ हजार ७५ रुपैया र एन आइसी बैकको एउटा खाली चेक र रु १ लाख र २ लाखको दुई वटा चेक बरामद गरिएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषीराज ढकालले बताए ।
पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका वडा नं ४ का श्रेष्ठ होटल सञ्चालक अर्जुन श्रेठ, तास खेल्दै गरेका सुन्दरहरैचा नगरपालिका वडा नं ४ का विनोद यादव, लोक बहादुर दाहाल, दिपेन्द्र पोखरेल, सिताराम पराजुली, सुवास भण्डारी , शेष प्रसाद अधिकारी , सुन्दरहरैचा नगरपालिका वडा नं ५ का कमल भट्टराई , सजिव गुरुङ, सुन्दरहरैचा नगरपालिका वडा नं ८ का प्रदिप शंकर र सुनसरी दुहबी १२ का फ्रान्सीसी उराउ रहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
प्रहरी निरिक्षक ढकालका अनुसार करिब ३ घण्टा लगाएर मध्यरातमा उनिहरुलाई नियन्त्रणमा लिएको हो ।