सुन्दरहरैचामा मोटरसाइकल दुर्घटना हुँदा तीन घाइते

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा सोमबार मोटरसाइकल दुर्घटना भएको छ । सुन्दरहरैचा नगरपालिका वडा नं ६ दुलारी स्थित पुर्व पश्चिम लोकमार्गमा दुई वटा मोटरसाइकल् दुर्ग्टना भएको हो ।

पुर्वबाट पश्चिम जादै गरेको को ३० प ७३९६ नं को मोटरसाइकल र सोही दिशाबाट आएको को ३८ प ५४५९ नं को मोटरसाइकल एक आपसमा ठक्कर हुँदा दिर्घटना भएको थियो ।

दुर्घटनामा को ३० प ७३९६ नं को मोटरसाइकल चालक सुन्दरहरैचा ३ बस्ने ३४ को गोपाल सिग्देल, सोहो मोटरसाइकलमा पछाडि सवार निजकै छोरी बर्ष १४ की सलिना सिग्देल , को ३८ प ५४५९ नं को मोटरसाइकल चालक सुन्दरहरैचा ६ बस्ने बर्ष २६ को राम कार्की घाईते भएका छन । घाइते तिनै जनालाई उपचारको लागि धरान स्थित घोपा पठाएको प्रहरीले जनाएको छ ।