२४ घण्टामा सुन्दरहरैचामा थप २३ जनामा कोरोना

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा आइतबार थप २३ जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं १ का अनुसार आइतबार सुन्दरहरैचामा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

आइतबार कोरोना संक्रमण पुष्टि हुनेमा ४ महिला र १९ पुरुष रहेका छन । सुन्दरहरैचा नगरपालिकामा दैनिकी कोरोना भाइरसको सक्रमणको वृद्धिदर संख्या बढेको बढै छ ।

कोरोना संक्रमणको संख्या नगरमा अत्याधिक मात्राना वृद्धिदर भए पनि चाडपर्वमा मानिसहरुको भिड अत्याधिक भईरहेको छ ।