उज्यालो मेयर कार्यक्रम: सुन्दरहरैचाका बाह्रै वटा वडामा सडक बती जडान हुदै

सुन्दरहरैचा । मोरङ जिल्लाको सदरमुकाम विराटनगर देखि करिब १९ किलोमिटरको दुरीमा रहेको सुन्दरहरैँचा नगरपालिकाको पूर्वमा बेलबारी नगरपालिका, पश्चिममा सुनसरी जिल्ला, उत्तरमा केरावारी गाउँपालिका तथा दक्षिणमा ग्रामथान गाउँपालिका सँग सिमाना जोडिएको छ । २०७३ साल फाल्गुण २७ गते नेपाल सरकारको निर्णय बमोजिम यस नगरपालिकाको गठन भएको भए संगै १२ वटा वडाहरु रहेका छन् ।

स्थानिय चुनाब भन्दा अघि यो क्षेत्रमा पूर्वाधार, सुधार तथा अन्य विकासमा खासै प्रगति गर्न नसके पनि स्थानिय स्तरमै स्थानीय नगर प्रमुख शिव प्रसाद ढकाललाई पाएपछि सुन्दरहरैंचाको पूर्वाधार र बिकास काम तिब्र गतिमा अघि बढी रहेको छ। उज्यालो मेयर कार्यक्रम अन्तर्गत नगरपालिकामा अहिले वडा १ र १२ मा सडक बती जडान भैरहेको छ । उज्यालो मेयर कार्यक्रम अन्तर्गत नगरपालिका क्षेत्रका बजार क्षेत्र चोक, चौराह र सार्वजनिक स्थलमा गरी सडक बती जडान गरिएका छन् । बाँकी सबै वडामा क्रमश अघि बढ्ने नगर प्रमुख ढकालले बताए ।

ढकाल निर्वाचित भएपछि सुन्दरहरैंचा बिकासको बगैंचा बिकासको आधार कृषि पर्यटन र पूर्वाधार भन्ने नारा सहित अघि बढिरहेको छ । नगर प्रमुख ढकालका अनुसार सडक बती जडान भएपछि सार्वजनिक क्षेत्रमा रातिका बेला हुने सवारी दुर्घटनाका घटनामा कमी आउनुका साथै अवान्छित क्रियाकलाप नियन्त्रणमा आउने र स्थानीय बासिन्दालाई बत्तीकै कारण आवतजावत गर्न समेत सहज हुने छ । अर्को तर्फ चोरि , झैँझगडा, अपराधिक क्रियाकलापमा समेत कमि आउने छ ।

योजना अनुसार नगरपालिका भित्रका सबै सार्वजनिक क्षेत्र, सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण क्षेत्र, चोक, चौराह र बजार क्षेत्रमा बत्ती जडान गर्ने कार्यलाई अगाडि बढाइने नगरप्रमुख ढकालले बताए ।

नगरपालिकालाई उज्यालो नगरपालिकाका रुपमा चिनाउन कार्य अगाडि बढाइएसंगै नगरप्रमुख शिव प्रसाद ढकाल प्रति स्थानिय जनता घरमै सिहंदरबार पाएको महसुस गरेका छन् । अहिले १ र १२ वडाबाट थालनी गरेको उज्यालो मेयर कार्यक्रम अटर्गत वडा – १२ मा ४ सय थान बती जडान भैरहेको छ । हामी स्थलगत रिपोर्टिंग गर्दै वडा १२ को शुक्रबारेमा पुग्यौ। जहाँ स्थानीय तथा सामाजिक अभियन्ता हिमाल अधिकारीले उज्यालो मेयर कार्यक्रमलाई सघाउन आफ्नो टोलमा समेत प्राबिधिक र युवाहरु खटाएर सफल बनाउन आफैं लागि परेका छन् । उक्त कार्यले दसैँ र शुभ दिपावलीमा अपराधिक क्रियाकलाप न्यूनीकरण हुने अधिकारी बताउछन ।

स्थानीय सरकार आएसँगै ग्रामीण क्षेत्रका बजारमा चहलपहल बढ्नाका साथै सडक बत्तीले व्यापारिक कारोवारमा समेत टेवा पुग्ने छ । नगरभित्र सुकुम्बासी बिपन्न परिवार जो बिधुतको पहुच भन्दा बाहिर छ उनीहरुको लागि बिधुत प्राविधिकरण र नगरको त्रिपक्षीय सहकार्यमा निशुल्क बिधुत जडान गरिदिने नगर प्रमुख ढकालले बताए ।