२४ घण्टामा सुन्दरहरैचामा थप २२ जनामा कोरोना

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा बिहिबार थप २२ जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं १ का अनुसार बिहिबार सुन्दरहरैचामा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बिहिबार कोरोना संक्रमण पुष्टि हुनेमा ५ महिला र १७ पुरुष रहेका छन । सुन्दरहरैचा नगरपालिकामा दैनिकी कोरोना भाइरसको सक्रमणको वृद्धिदर संख्या बढेको बढ्यै छ ।