विराटचौकमा ६ स्थानमा जेब्रा क्रसिङ

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका स्थित विराटचौकका विभिन्न ६ स्थानहरुमा जेब्रा क्रसिङ निर्माण भएको छ ।

सुन्दरहरैचाको कृषी बजार,बुधबारे चौक, पिएलओ मार्गको विभिन्न स्थानहरुमा जेब्रा क्रसिङ निर्माण गरिएको हो । सगरमाथा युथ क्लबको आयोजनामा सुन्दरहरैचाका विभिन्न स्थानहरुमा शुक्रबार जेब्रा क्रसिङ निर्माण गरिएको हो ।

लकडाउन खुले सगै चाडपर्वमा अत्याधिक भिड भए पछि सर्वसाधारणको लागि बाटो क्रस तथा दुर्घटनाको जोखिमलाई कम गर्न भिड हुने स्थानहरुमा जेब्रा क्रसिङको निर्माण गरिएको क्लबका अध्यक्ष देवी प्रसाद कट्टेल ( रोशन ) ले बताए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषीराज ढकाल, सुन्दरहरैचा उधोग वाणिज्य संघका लेखा संयोजक अर्जुन गजुरेल, इन्द्रपुर जेसिजका उपाध्यक्ष समीर बस्नेत लगायतको उपस्तिथिमा जेब्रा क्रसिङ निर्माण गरिएको थियो ।