बेलबारीमा स्कुटी दुर्घटना: एक महिलाको मृत्यु दुई घाइते

बेलबारी । मोरङको बेलबारी नगरपालिकाको सडकमा कुदिरहेको स्कुटी अनियन्त्रित हुदा एक महिलाको मृत्यु भएको छ भने दुई महिला घाइते भएका छन ।

बेलबारी नगरपालिका वडा नं ४ स्थित भित्री सडक खण्डमा उत्तर बाट दक्षीण तर्फ जादै गरेको को ३२ प ५६३७ न.को स्कुटी अनियन्त्रीत भई दुर्घट्ना हुँदा बेलबारी नगरपालिका ४ बस्ने स्कुटी चालक वर्ष १९ कि समीक्षा राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी राईको उपचारको क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा बिहिबार बिहानको राती १:१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोहि स्कुटीमा पछाडि सवार बेलबारी नगरपालिका वडा नं ४ बस्ने वर्ष १८ कि अनुओपमा राई , सोही स्कुटीमा पछाडी सवार अर्कि महिला बेलबारी नगरपालिका वडा नं ४ बस्ने वर्ष १६ कि सुमित्रा राई घाइते भएका छन ।

घाइते हुने अनुपमा राईको विराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचार भईरहेको छ भने सुमित्रा राईको विराटचौक स्थित सुकुना सामुदायिक हस्पिटलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।