सुन्दरहरैचामा ट्रक र स्कुटर दुर्घटना हुदा एक घाइते

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा बुधबार ट्रक र स्कुटर बिच एक आपसमा ठक्कर हुदा एक जना घाइते भएका छन । सुन्दरहरैचा नगरपालिका वडा नं ४ मा पुर्व पश्चिम लोकमार्ग स्थित बासबारीमा ट्रक र स्कुटर एक आपसमा ठक्कर भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पुर्वबाट पश्चिम तर्फ आउदै गरेको अल्फाबेट नखुलेको ११५५ को स्कुटरलाई सोही दिशाबाट आउदै गरेको ना ४ ख १७२ न. को ट्रकले ठक्कर दिई दुर्घटना हुदा स्कुटर चालक घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा सुनसरी ईटहरी हलगडा बस्ने बर्ष ३५ को सुक्रराज लिम्बु गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।

घाइतेको उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाएको र ट्रक र चालक प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।