बेलबारीमा मोटरसाइकल दुर्घटना हुदा दुई जना घाइते

बेलबारी । मोरङको बेलबारी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुदा दुई जना घाइते भएका छन । बेलबारी नगरपालिका वडा नं ११ केशलिया पुल स्थित पूर्वबाट पश्चिम तर्फ जादै गरेको ON TEST मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाइकलमा सवार दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा मोटरसाइकल चालक झापा दमक ६ बस्ने बर्ष ३१ को रन कुमार राई र मोटरसाइकलमा पछाडी सवार निजकै श्रीमती वर्ष ३० कि संगिता राई रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक राईको टाउको र छातिमा चोट लागेको र निजको श्रीमती पछाडी सवार राईको हात खुट्टा र छातिमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुवैको उपचारको लागि विराटनगरको न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।