सुन्दरहरैचामा थप १० जनामा कोरोना

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा बुधबार थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयको अनुसार बुधबार थप १० जनामा कोरोना पुष्टि भएको हो ।

बुधबार कोरोना संक्रमण पुष्टि हुनेमा ५ महिला र ५ पुरुष रहेका छन । सुन्दरहरैचा नगरपालिकामा दैनिकी कोरोना भाइरसको सक्रमणको वृद्धिदर संख्या बढेको बढै छ । नगरमा नगरपालिकाका केही कर्मचारी र जनप्रतिनिधिमा समेत यस अघि कोरोना भाइरसको संक्रमण देखिएकाले नगरपालिकाले आफू मातहतको कार्यालय बाह्र वटै वडामा अत्यावश्यक सेवा बाहेकका सबै काम बन्द गरेको छ ।