सुन्दरहरैचामा थप २२ जनामा कोरोना

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा सोमबार थप २२ जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं १ का अनुसार मंगलबार १७ जना पुरुष र ५ जना महिलामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको हो ।

त्यस्तै मोरङका १७ वटा स्थानिय तह मध्ये आज मंगलबार विराटनगरमा २३२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा१३० जना पुरुष र १०२ जना महिला रहेका छन ।

त्यस्तै सामाजिक विकास मन्त्रालयका अनुसार बुढिगंगामा १२ जना, धनपालथानमा ८ जना, केराबारी र जहदामा ४/४ जना, उर्लाबारी र कानेपोखरीमा ३/३ जना, पथरीशनिश्चरेमा १७ जना, सुनवर्षीमा १ जना, ग्रामथानमा ५ जना, रंगेलीमा १० जना, बेलबारीमा ६ जना, लेटाङ/कटहरी र मिक्लाजुङमा २/२/२ जनामा र मोरङ ठेगामा भएको तर पालिका ठेगाना नखुलेको ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।