सुन्दरहरैचामा थप ९ जनामा कोरोना

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा सोमबार थप ९ जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश नं १ का अनुसार सोमबार ५ पुरुष र ४ महिलामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको हो ।

नगरपालिकामा दिन दिनै कोरोना भाइरसको संक्रमण र नगरका केही कर्मचारी र जनप्रतिनिधिहरुलाई समेत कोरोना भाइरसको संक्रमण देखिए पछि नगरपालिकाले बाह्र वटै वडा र नगरपालिकाको कार्यालयमा अत्यावश्यक काम बाहेकका सबै सेवा बन्द गरेको छ ।

नगरपालिकाले आफू मातहतका सबै कार्यालयहरु बन्द गरे पछि चाडपर्व नजिकिएकाले बजारमा भने अत्याधिक भिड बढ्दै गएको छ । चाडपर्वको लागी सामान खरिद गर्न आएका अधिकांश मानिसहरुले सावधानीको लागि माक्स प्रयोग गरे पनि सामाजिक दुरी कायम नगरेको पाइएको छ ।