बेलबारीमा एकैदिन २८ संक्रमित थपिए, कर्मचारीमा कोरोना देखिपछि नगरपालिका पनि बन्द


दशैको चहलपहल बढेसँगै बेलबारीमा कोरोना संक्रमितको संख्या पनि तिब्र रुपमा बढिरहेको छ । पछिल्लो रिपोर्ट अनुसार बेलबारीमा एकैदिन २८ जनामा संक्रमण पुष्टि भएको छ । २८ जना थप भएसँगै बेलबारीमा कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेको छ । जस्मा सक्रिय संक्रमित ८६ रहेका छन् । ती मध्ये बेलबारी नगरपालिकाको आइसोलेसनमा १५ जना बसेका छन् भने बाँकी होम आइसोलेसनमा बसेका बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले बताउनुभएको छ ।
कोरोना संक्रमणकै कारण नगरपालिका कार्यालयको सेवा पनि दशैँ विदा सुरु हुनु अगावै बन्द भएको छ । बेलबारी नगरपालिकाका केही कर्मचारीमा संक्रमण देखिएपछि यसबाट सेवाग्राहीमा झनै संक्रमणको खतरा हुने भन्दै कात्तिक ३ गते सोमबारबाटै नगरपालिका र मातहतका कार्यालयका सेवा बन्द रहने भएको हो । अत्यावश्यक वाहेकका सबै सेवाहरु बन्द रहने प्रमुख प्रसासकिय अधिकृत प्रदिप शाहले जारी गरेको सुचनामा उल्लेख छ ।


दशैँ भित्रिएसँगै मानिसहरु दशैमा मनाउने क्रममा छन् । बजार पसलमा किनमेल गर्नेहरुको भिडभाड बढेको छ । यसले पनि संक्रमणको खतरालाई बढाएको छ । दिनप्रतिदिन संक्रमित थपिएको र दशैलक्षित चहलपहलले अझै संक्रमित बढ्ने निश्चित छ । दशैमा घरमै बस्ने र पाहुना जाने आउने क्रम बन्द गरेमा मात्रै संक्रमण नियन्त्रणमा सहयोग पुग्ने बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले बताउनुभएको छ ।