सरकार गरिबकाे मसिहा कि चुसाहा ? राष्ट्रिय सभासदस्य रायमाझी

सुन्दरहरैचा । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले कम्युनिस्ट सरकारले सांसद हरूलाई दिएको दशैँ भत्ता बहिस्कार गर्न आग्रह गरेका छन्। नागरिकले उपचार नपाएर ज्यान गुमाउनु परिरेहकाे भन्दै उनले यस्ताे बेलनमा पनि दशैं उत्सव मनाउन सांसदहरूले भत्ता बुझ्नु अमानविय भएकाे उनले बताएका छन ।

सोमबार सो बिषयमा नेपाली काङ्रेसको साझा धारणा बनाउन माग राख्दै राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझी, कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, प्रतिनिधि सांसद तथा काङ्रेस केन्द्रिय सदस्य मिनेन्द्र रिजालअले सभापति शेर बहादुर देउवालाई भेट गरेका थिए ।

भेट लगतै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन । कोरोना महामारी र कतिपय सांसद चाडपर्व मनाउन उपत्यका बाहिर गइसकेकोले तत्काल संसदीय दलको बैठक राख्न सम्भव नभएपछि देउवाले उक्त निर्देशन दिएको रायमाझिले बताएका छन ।

कोरोना महामारीका बेला दसैं भत्ता लिनु उपर्युक्त नहुने पनि रायमाझिले बताएका छन । सोमबार बिहानै रायमाझीले फेसबुकमा लेख्दै सरकार गरिबकाे मसिहा कि चुसाहा ? भन्दै सरकारलाई प्रश्न गरेका छन । उनले निरन्तर खबर सग बोल्दै कम्युनिष्ट सरकार जनता प्रती उतरदायी नभएको समेत आरोप लगाए । कोरोना कहरबाट जनता छटपट्टीरहेका बेला सरकारले संसदलाई दसैं भाता वितरण गर्नु जनताको खुन चुस्नु जस्तै भएको रायमाझिले बताए ।