बेलबारी जेसिजको आयोजनामा मैत्रीपुर्ण फुटबल


जेसिज सप्ताह अन्तर्गत बेलबारी जेसिजले मैत्रीपुर्ण फुटबल खेल आयोजना गरेको छ । बेलबारी स्थित प्रस्तावित बेलबारी रंगशालाको मैदानमा आइतबार आयोजित मैत्रीपुर्ण फुटबलमा ३ वटा टिमले सहभागिता जनाए । लायन्स क्लब बेलबारी,बेलबारी जेसिज र बेलबारीका पत्रकारहरुको टिमले सहभागिता जनाएका थिए । सो मैत्रीपुर्ण फुटबलमा लायन्स पहिलो र बेलबारी जेसिज दोस्रो भएका थिए । पहिलो खेलमा पत्रकारको टिमलाई ३–० गोल अन्तर हराएको लायन्सले अर्को खेलमा जेसिजलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । जिल्ला फुटबल संघ मोरङका अध्यक्ष दिपेन्द्र धिमालको प्रमुख आतिथ्यमा खेल उद्घाटन भएको थियो । खेलको माध्यमबाट आपसी सद्भाव,मित्रता र हार्दिकता समेत बढाउने उद्देश्यले मैत्रीपुर्ण फुटबल आयोजना गरिएको बेलबारी जेसिजका अध्यक्ष राजेश खत्रीले बताउनुभएको छ । जेसिज सप्ताह अन्तर्गतको दोस्रो कार्यक्रमको रुपमा आयोजना गरिएको फुटबल प्रतियोगिताको संयोजक सियोम सुवेदी रहनुभएको थियो ।