सुन्दरहरैचामा थप १२ जनामा कोरोना

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा थप १२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । प्रदेश नं १ को समाजिक बिकास मन्त्रालयको अनुसार शनिबार सुन्दरहरैचामा थप १२ जनामा कोभिड १९ को संक्रमण देखिएको हो ।

सामाजिक बिकास मन्त्रालयका अनुसार सुन्दरहरैचा नगरपालिका वडा नं २ को २९ वर्षिय एक महिला, वडा नं ३ को ३१ र ३८ वर्षिय दुई जना महिला, वडा नं ८ को ६८, ३०, ३८, वर्षिय तीन पुरुष र ५०, २१, ५३, वर्षिय तीन महिला, वडा नं १० को ५५ वर्षिय एक महिला, वडा नं ११ को १६ वर्षिय एक पुरुष र १९ वर्षिय एक महिलामा कोरोना पुष्टि भएको हो ।

यो सगै आज नगरमा १२ जना कोरोना संक्रमित व्यक्ती थपिएका हुन । आज थपिनेमा ८ जना महिला र ४ जना पुरुष रहेका छन ।नगरमा कोरोना संक्रमितको संख्या बढ्दै जादा समेत नगरका हरेक बजारहरुमा अझ मानिसहरुको अत्याधिक भिड बढ्न थालेको छ ।