जे.बि. थुलुङको गजलसंग्रह ‘नथाक्ने मान्छे’को लोकार्पण


जे.बिं थुलुङद्वारा रचित गजलहरु संग्रहित पुस्तक ‘नथाक्ने मान्छे’ को शनिबार लोकार्पण गरिएको छ । बेलबारी १ स्थित सांस्कृतिक भवनमा आयोजित कार्यक्रममा सो गजलसंग्रह लोकार्पण गरिएको हो । पुर्व सांसद एवम् साहित्यकार हर्कमान तामाङ,तत्कालिन संविधानसभा सदस्य तथा संगितकर्मी मधु गुरुङ लगायतले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो ।
थुलुङले विभिन्न समयमा रचना गरेका गजलहरुलाई पुस्तकमा संग्रहित गरिएको छ । पत्रपत्रिकामा प्रकासित तथा केही नयाँ गजलहरु समेत गरी पुस्तकमा ६५ वटा गजल समावेस गरिएको छ । कार्यक्रममा लोकार्पित गजल संग्रहबारे टिप्पणी गर्नुहुँदै दिपक न्यौपाने पुस्तकका सबै गजलहरु पढिसक्दा लेखकको व्यक्तित्व झल्कने बताउनुभएको छ । गजलसंग्रह भित्र विषयगत विविधता सहितका गजल रहेका र ति गजलमा देशको चिन्ता,कलाप्रतिको समर्पण देखि व्यंग्य चेतनाको मिश्रण समेत पाइने न्यौपानेले बताउनु भयो । गजल लेखनको शास्त्रिय धार र शैलीभन्दा केही अलग रहँदै गजलकार थुलुङले गाउँबेसीको लोकधार र सांगितिक धारबाट प्रभावित भएर आफ्ना रचनाहरु प्रस्तुत गरेको न्यौपानेले टिप्पणी गर्नुभएको छ ।


गजलकार थुलुङले ‘नथाक्ने मान्छे’ आफ्नो पहिलो पुस्तकाकार कृति रहेको बताउुभएको छ । साहित्यिक क्षेत्रमा आफ्ुले सकेसम्म गरेका सृजना प्रयासलाई पुस्तकको रुपमा प्रकासित गरेको र अब यो गजल संग्रह समाजमा सुम्पिएकाले यस प्रतिको क्रिया प्रतिकृयाका लागि अपेक्षामा रहेको पनि थुलुङले बताउनुभएको छ । आफुले सिर्जनाको सुरुवात गर्दादेखि गजलहरुलाई पुस्तकको रुपमा प्रकासन गर्दासम्मको अवस्थामा सहयोग पुर्याउने परिवारका सदस्य,साथी तथा अग्रज सबैलाई गजलकार थुलुङले धन्यवाद दिनुभएको छ ।


कार्यक्रममा अग्रज साहित्यकार एवम् पुर्व सांसद हर्कमान तामाङ, संगितकर्मी मधु गुरुङ, साहित्यकार एवम् बेलबारी नगरपालिकाकी उपप्रमुख ढाका पराजुली, नेकपा बेलबारीका अध्यक्ष परशुराम सुवेदी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । साहित्यकार तिला लेकाली,रुविना राईले थुलुङका केही गजलहरु प्रस्तु्त गर्नुभएको थियो । कार्यक्रममा मदन भण्डारी स्मृति प्रतिष्ठानका सचिव डिपी राई, बेलबारी वडानम्बर १ का वडाध्यक्ष चक्र खुलाल,२ का वडाध्यक्ष घनश्याम गौतम,साहित्यकार इरान राई,बेलबारी साहित्य विकास समितिका अध्यक्ष रेखा सुवेदी सहित कला तथा साहित्य क्षेत्रमा सम्बद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।