बेलबारीमा नगरपालिका र सहकारीका कर्मचारी सहित ८ जनामा कोरोना

बेलबारीमा नगरपालिकाका एक जना कर्मचारी सहित थप ८ जनालाई कोरोना पोजेटिभ देखीएको छ । कोरोना पुष्टि भएकाहरुमा बेलबारी वहुउद्देश्यिय सहकारी संस्थाका ३ जना कर्मचारी समेत रहेका छन् । त्यस्तै बेलबारी वडा नम्बर ३ का ३ जना र बेलबारी १ का १ जनामा पनि कोरोना पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार संक्रमितहुने हरु २५ देखी ५८ बर्ष उमेर समुहका रहेका छन । असोज २९ गते २० जनाको स्वाब संकलन गरेर नगरपालिकाले बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको ल्यावमा पठाएको थियो ।