सामाजिक कार्यमा सक्रिय हुँदै बेलबारी प्रहरी

बेलबारी । ६५ औ प्रहरी दिवस ईलाका प्रहरी कार्यालय बेलबारीले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । बिहिबार ईलाका प्रहरी कार्यालय बेलबारीको प्रांगणमा पुर्व प्रहरीहरु सग वडा दशै तथा विजय दशमीको शुभकामना आदानप्रदान गरेर साथै शुक्रबार बेलबारीको दुर्गा मन्दिरमा सरसफाई कार्यक्रमको आयोजना गरि ६५ औ प्रहरी दिवस मनाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलबारीले पुर्व प्रहरीहरु सगको अन्तरक्रिया कार्यक्रम भने पहिलो पटक आयोजना गरेको बेलबारी प्रहरी कार्यालयका प्रहरी निरिक्षक ऋषीराज ढकालले बताए । बेलबारी प्रहरीले पुर्व प्रहरी सगको अन्तरक्रिया तथा शुभकामना कार्यक्रम साथै सरसफाई कार्यक्रमले प्रहरीहरु माथी समाजको हेर्ने दृष्टिकोण सकारात्मक हुने साथै प्रहरीहरुको मनोबल उच्च बनाउने भएको कारणले यस्तो कार्यक्रम आयोजना गरेको प्रहरी निरिक्षक ढकालले बताए ।

बेलबारी प्रहरीले चाडपर्वमा घट्न सक्ने चोरी डकैती जस्ता अपराधिक घटनाहरु न्युनिकरण गर्नका लागि समेत विभिन्न स्थानमा प्रहरी परिचालन गरेको छ ।