घरमै पुगेर ह्वील चेयर बितरण गर्दै नगर प्रमुख सुवेदी

बेलबारी ÷ मोरङको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले अपाङ्गता भएका ब्यत्तिहरुलाई घरमै पुगेर सहायक सामाग्रि ह्वील चेयर बितरण गरेका छन । बिहिबार मेयर सवेदीले बेलबारी ८ का पदम बिष्ट र बेलबारी ३ का पदम श्रेष्ठलाई घरमै पुगेर ह्वील चेयर बितरण गरेका हुन ।
अपाङ्गता भएका ब्यत्तिहरुलाई सजिलो होस भनेर ह्वील चेयर बितरण गरीएको नगर प्रमुख सुवेदीले बताए । आफनो नगर क्षेत्र भित्र अपागता भएका ब्यात्तिहरुलाई आवश्यकता अनुसार ह्वील चेयर तथा अन्य सहायक सामाग्रिहरु बितरण गरीने नगर प्रमुख सुवेदीको भनाई रहेको छ ।