बेलबारी जेसिजको जेसिज सप्ताह समुदघाटन कार्यक्रम सम्पन्न

बेलबारी। बेलबारी जेसिजको जेसिज सप्ताह समुद्घाटन तथा २ दिने एकीकृत पाठ्यक्रम सहजीकरण कार्यशालाको समुद्घाटन कार्यक्रम सम्पन्न भएकोछ।

बेलबारी जेसिजका अतिरिक्त कृयाकलाप संयोजक जेसि दिलबहादुर श्रेष्ठ(सुमनको) संयोजकत्व,कार्यकारीणी उपाध्यक्ष ऐश्वर्य प्रसाद आचार्य(बिपिन) को मुल-संयोजकत्व,बेलबारी जेसिज-२०२० का अध्यक्ष जेसि राजेश खत्रीको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख तथा मातृशाखा इन्द्रपुर जेसिजका पुर्ब अध्यक्ष शिब प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बेलबारीका अग्रज सामाजसेवि तथा राजनैतिक ब्यक्तित्व द्वय महेन्द्र प्रसाद सुवेदी तथा नगेन्द्र प्रसाद जमरकट्टेल बिशिस्ट अतिथि रहनुभएको थियो।कार्यक्रममा बेलबारी तथा सुन्दरहरैचा नगरपालिकाका २७ वटा निजि तथा आवसिय र सामुदायिक बिद्यालयका गरि ६० जना भन्दा बढी शिक्षकहरु तथा शिक्षा क्षेत्र सङ्ग सम्बद्ध ब्याक्तीहरुको सहभागिता रहेको कुरा बेलबारी जेसिजका अध्यक्ष राजेश खत्रीले बताउनु भयो।

असोज २९ र ३० गते दुई दिन सम्म संचालन हुने कार्यशालाको सहजीकरण पाठ्यक्रम बिकास केन्द्रकि बिज्ञ प्रेसिमा क्षेत्रीले गर्नुहुने कुरा बेलबारी जेसिजका महासचिव भुवन कार्कीले बताउनु भयो। बेलबारी जेसिजको सप्ताह कार्यक्रम बिगत बर्षहरु झै विभिन्न कार्यक्रमहरु हप्तैभरी आयोजना गरि सम्पन्न गरीने कुरा कार्यक्रमका मुल-संयोजक आचार्यले निरन्तर खबरलाई जानकारी गराउनु भयो। बेलबारी जेसिजले सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत बेलबारी नगरपालिका क्षेत्र भित्र उपयुुक्त स्थानको पहिचान गरि बेलबारी नगरपालिकाको सहकार्यमा जेसिज चोकको स्थापना गरिने कुरा बारे सरोकारवाला पक्ष सङ्ग छलफल तथा बिचार बिमर्श समेत भैरहेको कुरा बेलबारी जेसिजका अध्यक्ष खत्रीले बताउनु भयो।

बेलबारी नगरपालिका क्षेत्र भित्र आफ्नो फरक पहिचान निर्माण गरि बिबिध गतिविधि संचालन गर्दै आएको बेलबारी जेसिजले स्थापनाकाल देखि नै हरेक बर्ष उत्कृष्ट काम गरेबापत उत्कृष्ट शाखाको अवार्ड समेत प्राप्त गर्दै आएको र बेलबारी जेसिज बेलबारीमा मात्र होइन देशै भरी उत्कृष्ट कार्य गर्ने शाखाको रुपमा परिचित रहेको कुरा निबर्तमान अध्यक्ष दीपेन्द्र खुलालले बताउनु भयो।

बेलबारी जेसिजको जेसिज सप्ताह उद्घाटन कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख ढकालले १८ देखि ४० बर्षका युवाहरुको साझा संस्था जेसिजले युवाहरुको अन्तर्निहित क्षमताको तालिम मार्फत प्रस्फुटन गराई समाजमा काम गर्न योग्य बनाउने हुदा उपस्तिथि सम्पुर्णलाई आफ्ना सन्तति तथा आफन्तजनलाइ जेसिजमा आबद्ध गराउनुहुन अपिल समेत गर्नुभएको थियो।कार्यक्रममा थप बोल्नुहुदै प्रमुख ढकालले आफू जेसिजमा आबद्ध भएकै कारण स्थानीय निर्वाचनमा देशै भरीका मानिसहरुले आफुलाई सघाएको र त्यसैको परिणाम स्वरुप आफू स्थानीय निर्वाचनमा निर्वाचित भै नगर प्रमुख बनेको कुरा स्मरण गर्नु भयो।

उक्त सप्ताह समुद्घाटन कार्यक्रममा प्याब्सन बेलबारीका नगर अध्यक्ष भुपाल बस्नेत,काली मा.बि.का प्र.अ.नारायण प्रसाद कोईराला,समाजसेवी द्वय जमरकट्टेल तथा सुबेदि लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो। बेलबारी जेसिजका अतिरिक्त क्रियाकलाप संयोजक दिलबहादुर श्रेष्ठ (सुमन) ले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा मुल-कार्यक्रम संयोजक बेलबारी जेसिजका सामाजिक बिकास क्षेत्रका कार्यकारिणी उपाध्यक्ष ऐश्वर्य प्रसाद आचार्य (बिपिन) ले जेसिज सप्ताह कार्यक्रमको औचित्य बारे प्रष्ट पार्नुभएको थियो भने बेलबारी जेसिजका महासचिव भुवन कार्कीले कार्यक्रमको संचालन गर्नु भएको थियो।




Leave a Reply

Your email address will not be published.