गाँजा खाने विवादको झोँकमा साथीको हत्या


गाँजा खान दिने नदिने विषयमा भएको विवादबाट उब्जिएको रिसको झोँकमा झापामा एक युवकलले आफ्नै साथीको हत्या गरेका छन् ।
झापा कन्काई नगरपालिका– ३ का २२ वर्षीय अभिषेक चौधरीलाई कन्काई नगरपालिका ७ का २२ वर्षिय रविन राजवंसीले बञ्चरो प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । चौधरीकोे शव बुधबार विहान ६ बजे कनपा –३ एकान्त टोल नजिकै सुरुङा खोलाको बाँस घारीमा फेला परेको थियो । तालिमप्राप्त कुकुर समेत प्रयोग गरेर अनुसन्धान तिब्र बनाएको प्रहरीले हत्यामा संलग्न राजवंशीलाई पक्राउ गर्न सफल भएको थियो । विहिबार पत्रकार सम्मेलन गर्दै इलाका प्रहरी कार्यालय अनारमनीले हत्यामा संलग्न भएका कनपा ७ का २२ वर्षीय रविन राजवंशी (टुल्के) लाई सार्वजनिक गरेको छ । चौधरीलाई टुल्केले बञ्चरोले हानेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका टुल्केले अभिषेक चौधरीको हत्या आफैले गरेको स्वीकार गरिसकेका छन् । कर्तव्य ज्यान अन्तर्गतका थप अनुसन्धानका प्रकृया अघि बढाउने जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण प्रसाद कोइरालाले बताउनुभएको छ ।
इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मुकुन्द रिजालका अनुसार प्रहरीले अपरेसन टुल्के नाम दिएर अनुसन्धान प्रकृया अघि बढाएको थियो ।