एकै दिन सुन्दरहरैचामा ३२ जनामा कोरोना

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा एकै दिन ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालयको अनुसार बुधबार सुन्दरहरैचा नगरपालिकामा ३२ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयको अनुसार महिला १७ जना पुरुष १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । आज मात्र सुन्दरहरैचा नगरपालिकामा २ जनाको कोरोनाको कारण मृत्यु भईसकेको छ ।