सुन्दरहरैचामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुग्यो

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचामा थप एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यो सगै सुन्दरहरैचा नगरपालिकामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

सुन्दरहरैचा नगरपालिका वडा नं ५ मा ३९ वर्षिय एक महिलाको कोरोनाको कारण मृत्यु भएको हो । केही दिन अघि स्वास्थ्यमा समस्या आएर उनी विराट नर्सिङ होममा उपचारको लागि गएकी थिईन । तर अस्पतालले उनलाई डिस्चार्ज गरेर घर फर्किएकी थिईन ।

घर आए पछि लगातार पुन जिउ दुख्ने समस्या आएर उनी उपचारको लागि पुन अस्पताल गएकी थिईन । उपचार गर्ने क्रममा उनको पिसिआर परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ आएको थियो ।

उपचारको क्रममा उनको आज साझ ६ बजे मृत्यु भएको थियो ।