सुन्दरहरैचामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुग्यो

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचामा थप एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यो सगै सुन्दरहरैचा नगरपालिकामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

सुन्दरहरैचा नगरपालिका वडा नं ४ मा एक महिलाको कोरोनाको कारण मृत्यु भएको हो । तर उनको मृत्यु पछि मात्र कोरोना पोजेटिभ भएको जानकारी भएको परिवार स्रोतले जनाएको छ ।

स्वास्थ्यमा समस्या भएपछी केही दिन अघि उनी विपि प्रतिष्ठाण धारनमा उपचारको लागि भर्ना भएकि थिईन । उपचार पछि प्रतिष्ठानले निमोनिया भएको भन्दै डिस्चार्ज गरेको थियो ।

अस्पतालले गहरमा नै अक्सिजनमा राख्नु भने ओअछी परिवारले उनलाई अस्पतालबाट निकालेर फ्हर ल्याएका थिए । तर हिजो शौचालय जादा शौचालयमा लडेर उपचारको लागि पुन अस्पताल लैजादा उनको बाटोमा नै मृत्यु भएको थियो ।

परिवार स्रोतका अनुसार अस्पतालले अगाडि नै बिरामीको स्वाब संकलन गरेको रहेछ तर हामीलाई थाहा भएन परिवार स्रोतले भन्यो ।

परिवार स्रोतका अनुसार अहिले अस्पतालले बिरामीको कुनै रेस्पोन्स गरेको छैन परिवार कोभिड अस्पताल अगाडि बिरामीलाई एम्बुलेन्समा राखेर अलपत्र अवस्थामा रहेको छ ।