बजार हिडेका व्यक्ती रंगेलीमा मृत फेला

रंगेली । मोरङ रंगेली-२ दौलतपुर बस्ने ६० बर्षीय सर्वेसलाल राजवंशी मृत अवस्थामा फेला परेका छन ।

मंगलबार अपरान्ह साढे ४  बजे दौलतपुर हटिया जान्छु भनि घरबाट हिडेका राजवंशी रंगेली स्थित नहरको पानीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बजार जान्छु भनी हिडेका राजवंशी घर फर्की नआपछी आफन्तहरुले खोजतलास गर्ने क्रममा उनलाइ घरबाट करिव १० मिटरको दुरीमा रहेको नहरको पानीमा डुवी मृत अवस्थामा फेला पारेका थिए ।

घटना थाहा पाउने लगतै प्रहरी टोली खटि गई घटना सम्बन्धमा अनुसन्धान तथा कानुनी कारबाही भईरहेको जिल्ला प्रही कार्यालय मोरङले जनाएको छ ।